उद्धार कार्यमा एमाले सरकारको साथमा छ : अध्यक्ष ओली

काठमाडौँ, १८ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प पीडितहरुको उद्धार र राहत कार्यमा सरकारकै साथमा रहेको बताएका छन् ।

मधेश प्रदेश कमिटीको शपथ ग्रहण कार्यक्रममा ओलीले उद्धार कार्यमा सरकारलाई एमालेले सहयोग गर्ने बताए । ओलीले उद्धार कार्यमा सम्पूर्ण शक्ति परिचालन गर्न आग्रह गरे ।

उनले भने, ‘सरकारले यतिबेला केही गरेझैं देखाउने होइन, गरेर देखाउनुपर्यो । सरकारले काम गर्नुपर्‍यो,’ ‘मान्छे पुरिएका छन् कि जिउँदै छन् कि तिनलाई निकाल्न सकिन्छ कि तिनलाई निकाल्न सकिन्छ कि, त्यस काममा सम्पूर्ण शक्ति लगाउनुपर्छ ।’

अध्यक्ष ओलीले सरकारलाई चुनौती पनि दिए । ‘सरकारले गर्दैन भने आफूले सकेको काम नेकपा एमालेले गर्छ’, ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २० मंसिर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमण गर्ने क्रेमलिनले

मस्को, १९ मंसिर । रुसले मङ्गलबार ३५ वटा युक्रेनी ड्रोनहरू क्राइमियन प्रायद्वीप र अजोभ सागरमा निष्क्रिय बनाएको जनाएको छ । 

लन्डन, १९ मंसिर । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदमहरू चालिएको घोषण गरेका छन् । प्रधानमन्त्री

एजेन्सी, १९ मंसिर । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको भ्रष्टाचारको मुद्दामा फेरि सुनुवाइ शुरु भएको छ । गाजापट्टीमा हमाससँगको युद्धका बावजुद