जाजरकोट र रुकुम(पश्चिम) विपद् व्यवस्थापन समितिलाई पाँच/पाँच करोड पठाइने 

काठमाडौँ, १८ कार्तिक । सरकारले भूकम्प प्रभावित क्षेत्रमा छिटो उद्धार र राहतका लागि जाजरकोट र रुकुम(पश्चिम)मा पाँच/पाँच करोड रुपैयाँ पठाउने भएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा छिटो उद्धार र राहतको व्यवस्था गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकले जाजरकोट र रुकुम पश्चिम जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिलाई पाँच/पाँच करोड रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री कार्यालय, सुरक्षा निकायका प्रमुखहरू, स्वास्थ मन्त्रालय, संघीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाका प्रतिनिधिहरू उपस्थित थिए ।

बैठकले खोज, उद्धार र राहतको कार्यलाई पूर्णक्षमताका साथ अघि बढाउने निर्णय गरेको छ । भूकम्पले संरचना भत्किँदा घाइते भएका सबैलाई अस्पताल पुर्याइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २० मंसिर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमण गर्ने क्रेमलिनले

मस्को, १९ मंसिर । रुसले मङ्गलबार ३५ वटा युक्रेनी ड्रोनहरू क्राइमियन प्रायद्वीप र अजोभ सागरमा निष्क्रिय बनाएको जनाएको छ । 

लन्डन, १९ मंसिर । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदमहरू चालिएको घोषण गरेका छन् । प्रधानमन्त्री

एजेन्सी, १९ मंसिर । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको भ्रष्टाचारको मुद्दामा फेरि सुनुवाइ शुरु भएको छ । गाजापट्टीमा हमाससँगको युद्धका बावजुद