टेलिकमद्वारा भूकम्प प्रभावित क्षेत्रमा सीमसहित नि:शुल्क सेवा

काठमाडौँ, १८ कार्तिक । नेपाल टेलिकमले भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रका लागि पाँच दिनसम्म भ्वाइस कल र एसएमएस सेवा निःशुल्क दिने निर्णय गरेको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले आज एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी गराएका हुन् ।

उनले भूकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु सुचारु रहेको जानकारी गराउँदै सूचना आदान–प्रदानलाई निरन्तरता दिन सो क्षेत्रमा रहेका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकहरूलाई पाँच दिनका लागि भ्वाइस र एसएमएस सेवा निशुल्क उपलब्ध गराइएको जानकारी दिए ।

उनले सो क्षेत्रमा पाँच दिनका लागि भ्वाइस र एसएमएस सेवासहितको निःशुल्क सीम उपलब्ध गराउने समेत जानकारी दिए । सीम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुने पनि विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप खोप ल्याउने भएको छ ।   स्वास्थ्य तथा जनसङ्ख्या

काठमाडौँ, १७ जेठ । धार्मिक एवं परम्परागत पूजा एवं अनुष्ठान विधिलाई कायम राखेर आगामी असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका

काठमाडौँ, १७ जेठ । बैंकिङ कसुर मुद्दाका फरार एक जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।  उपत्यका अपराध अनुसन्धान कार्यालयका

काठमाडौँ, १७ जेठ । कास्कीको अन्नपूर्ण गाउँपालिकामा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार