खसीको मासु भनेर बाख्राको मासु बेच्ने व्यक्ति पक्राउ

जनकपुरधाम, १८ कार्तिक । धनुषाको महेन्द्रनगरमा खसीको मासु भनेर बाख्राको मासु बेच्ने एक जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय धनुषाका अनुसार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ४ महेन्द्रनगरका गुल्जार महम्मदलाई पक्राउ गरेको हो ।

महम्मदले महेन्द्रनगरमा सञ्चालन गर्दै आएको साहिल फ्रेस हाउस मासु पसलमा खसीको मासुसंगै बाख्राको मासु बिक्री गरिरहेको अवस्थामा फेला परेपछि उनलाई नियन्त्रणमा लिएको हो ।

सो मासु पसलबाट आठ किलो बाख्राको मासु बरामद भएको हो । पक्राउ परेका मासु पसल सञ्चालक महम्मदलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा राखि थप अनुसन्धान कार्य भई रहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ जेठ । आज २०८१ साल जेठ ८ गते मंगलबारको राशिफल ।  मेष : दिन खुशीका साथ बित्नेछ। नयाँ कुराको प्रस्तुति

काठमाडौँ, ७ जेठ । सुर्खेतको वीरेन्द्रनगरस्थित उत्तरी क्षेत्रमा पर्ने कटकुवा क्षेत्रमा बस दुर्घटनामा परेको छ । केहीबेर अघि कर्णाली प्रदेश

काठमाडौँ, ७ जेठ । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२  भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार गत

काठमाडौँ, ७ जेठ । काठमाडौँ उपत्यकाको वायु फेरि ‘अस्वस्थकर’ भएको छ । वातावरण विभागको तथ्यांकमा उपत्यकाकोका तीन स्थानको एयर क्वालिटी