स्वास्थ्यकर्मी टोली भूकम्प प्रभावित क्षेत्रमा

बुटवल, १८ कार्तिक । लुम्बिनी प्रदेशको स्वास्थ्यकर्मी टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा उद्दार र स्वास्थ्य उपचारमा सहयोग गर्न स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमका लागि हिँडेको हो ।

शनिबार बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको निर्देशनमा स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्र जाजरकोट र रुकुमका हिँडेको हो । मुख्यमन्त्री चौधरीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीसँगको समन्वयमा दाङबाट राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरका मेसु डा.पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटाएका हुन् । टोलीमा विशेषज्ञ चिकित्सक छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । गृह मन्त्रालयले नेपाल प्रहरीको उमेर हद अध्ययनको लागि एक कार्यदल गठन गरेको छ ।  उपप्रधान एवं

काठमाडौँ, १७ जेठ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले विदेशमा बस्ने नेपाली र नेपालबिचको सम्बन्ध अझ बढी निकट र थप

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । भेटमा समसामयिक

काठमाडौँ, २७ जेठ । अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्ने बित्तिकै आएका प्रतिक्रियाहरूबाट आफू सर्प्राइज भएको बताएका छन् । आज