भूकम्प अपडेट : मृतकको संख्या १३३ पुग्यो  

काठमाडौँ, १८ कार्तिक । गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३३ पुगेको छ ।

जाजरकोटमा ९५ र रुकुम (पश्चिम)मा ३८ जना गरी १३३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भूकम्पमा परी १४० जना घाइते भएका छन् । प्रहरीका अनुसार जाजरकोटमा ५५ र रुकुम (पश्चिम)मा ८५ जना घाइते छन् । घाइते मध्ये ३३ जना जाजरकोटमा उपचाररत छन् भने २२ जनालाई उपचारका लागि हेलिकोप्टरमाट सुर्खेत लगिएको छ । यता रुकुम (पश्चिम) बाट १५ जनालाई सुर्खेत र नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका १, रामीडाँडा केन्द्रविन्दु बनाई ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । भारतीय गायक अरिजित सिंहले नेपाली झन्डा ओढेर नेपालमा गीत गाएको सन्दर्भलाई लिएर राजेशपायल राईले प्रतिक्रिया दिएका छन्

काठमाडौँ, ११ मंसिर । सोमबारदेखि छायांकन सुरु भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका

काठमाडौँ, ११ मंसिर । विनोद पौडेलको निर्देशन रहने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन्

नयाँ दिल्ली, १० मंसिर । हिन्दी सिनेमाका सुपरस्टार अभिताभ बच्चनले जुहुस्थित बंगला ‘प्रतीक्षा’ आफ्नी छोरी श्वेता नन्दाको नाममा गरिदिएका छन्