काठमाडौँ, १८ कार्तिक । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जाजरकोट भूकम्पपछि नेपाललाई सबै सम्भव सहयोग गर्न तयार रहेको बताउनुभएको छ । उहाँले भारत सरकार यो विपद्को घडीमा नेपाललाई सबै सम्भव सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभएको छ ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएराति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पका गएको छ । जाजरकोट र रुकुमपश्चिममा गरी करिव दुई सयको मृत्यु भएको बताईएको छ । सामाजिक सञ्जाल एक्स (ट्विटर) मा प्रधानमन्त्री मोदीले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । साथै घाइतेहरुको स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।
प्रधानमन्त्री मोदीले भन्नुभएको छ, ‘Deeply saddened by loss of lives and damage due to the earthquake in Nepal. India stands in solidarity with the people of Nepal and is ready to extend all possible assistance. Our thoughts are with the bereaved families and we wish the injured a quick recovery. @cmprachanda