काठमाडौँ, १८ कार्तिक । मुख्यमन्त्री केदार कार्कीले गठबन्धन दलबाट मन्त्री थपेपछी एमालेले कोशी प्रदेश सरकार छाडेको छ ।
शनिबार बिहान मुख्यमन्त्री कार्कीलाइ मन्त्री रामबहादुर राना मगरले राजीनामा बुझाएका छन । मुख्यमन्त्रीले सहमति अनुसार कदम नचालेको भन्दै सरकार छाडेको मन्त्री रानाको भनाइ छ । उनी विना विभागीय मन्त्री थिए ।
एमालेको समर्थनमा काङ्ग्रेसबाट विद्रोह गरेर मुख्यमन्त्री बनेका कार्कीले शुक्रबार उसको सहमति बेगर माओवादी र एकीकृत समाजवादीबाट एक एक जना मन्त्रीलाई सपथ गराएका थिए । लगत्तै सरकारबाट बाहिरिने प्रतिक्रिया एमाले नेताहरुले दिएका थिए ।