भुकम्पबाट घाइतेको उपचारका लागि ‘ब्लड’ संकलन गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ, १८ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुकम्पबाट घाइते भएकाहरुलाई आवश्यक पर्ने रगत रंकलनमा लाग्न पार्टी तथा जनवर्गीय संगठनहरुलाई निर्देशन दिनुभएको छ ।

राती आएको ६.४ रेक्टरको भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा करिव दुई सयको मृत्यु भइसकेको छ भने हजारौं घाइते भएका छन् । त्यस्तै सयौं घरहरु भत्किएका छन् । सोही विपत्तीलाई मध्यनजर गर्दै अध्यक्ष ओलीले घाइतेहरुको उद्धार, राहत र उपचारमा डाक्टरहरुलाई सहयोग गर्न निर्देशन दिनुभएको हो । राहत र उद्धारमा स्वयमसेवकीय भूमिका निर्वाह गर्न निर्देशन जारी गर्दै अध्यक्ष ओलले निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी जाजरकोट र रुकुम पश्चिममा भूकम्पले एकसय जनाभन्दा बढीको ज्यान गएको दुःखद अवस्थामा छौं । धेरै घाइते हुनुहुन्छ । भूकम्पमा ज्यान गुमाउनु भएका सबै दिदीबहिनी दाजुभाइप्रति श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेहरुको उद्धार र उपचारमा परिचालित हुन पार्टीका साथीहरूलाई आह्वान गर्दछु । उद्दार र राहतमा संलग्न स्वयंसेवक साथीहरुले त्यससँग सम्बन्धित आवश्यक सूचना र उद्दार राहतमा आवश्यक सामग्रीको व्यवस्थाका लागि सामाजिक सञ्जाललाई सदुपयोग गर्नुहोला । देशभरिका साथीहरुले राहत र घाइतेको उपचारमा कसरी सहयोग गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुहोला । विशेषगरी सुर्खेत, नेपालगञ्ज, काठमाडौंका पार्टीका कमिटीहरुले उपचार, अस्पतालको व्यवस्थापन र घाइतेका लागि आवश्यक ब्लड संकलनमा सहयोग गर्नुहोला । उद्दारमा भीडभाड भन्दा छरितो व्यवस्थापन गर्नुपर्छ । विपत् र शोकको यस समयमा पार्टीले आज राखेका शुभकामना आदानप्रदान तथा उत्सव सम्बन्धी सबै कार्यक्रमहरु स्थगित गर्न म देशभरका सबै पार्टी निकायहरूलाई आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल वर्तमान समीकरण भन्दा

काठमाडौँ, १७ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिट आज पनि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी

ललितपुर, १७ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिलालाई आर्थिक रूपमा सम्पन्न बनाउनुपर्छ भन्ने उद्देश्य प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम

काठमाडौँ, १७ जेठ । अर्थतन्त्रले नयाँ पुस्ता अनुकूलको आर्थिक सुधार माग गरेको बताउँदै मंगलबार बजेट ल्याएका अर्थमन्त्री वर्षमान पुनले ‘नयाँ