उद्धार, राहत र उपचारको प्रबन्ध गर्न सरकारसँग अध्यक्ष ओलीको आग्रह

काठमाडौँ, १८ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुकम्पका कारण ठूलो भौतिक तथा मानवीय क्षती भएको प्रति दुःख व्यक्त गर्नुभएको छ ।

मध्यरातमा जाजरकोट केन्द्रविन्दु भएर आएको भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षती भएको भन्दै अध्यक्ष ओलीले सरकारसँग उद्धार, राहत तथा उपचारको तत्काल व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभएको छ । भुकम्प प्रभावित क्षेत्रमा घाइतेको उपचारको लागि स्वास्थ्यकर्मीको अति आवश्यकता रहेको औंल्याउँदै अध्यक्ष ओलीले तत्काल व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । त्यस्तै उद्धार र राहतका कार्यमा जुट्न सम्पूर्ण नागरिक तथा पार्टी कमिटीलाई निर्देशन समेत दिनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘मध्यरातमा आएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय क्षति भएको छ। ६.४ म्याग्निच्युटको भूकम्पले कयौं घाइते छन्, राती आएको भूकम्पका कारण उद्दार प्रभावकारी हुन सकेको छैन होला । मैले बिहान त्यहाँका केही साथीहरुसँग टेलिफोनमा कुराकानी गरें । यतिबेला त्यहाँ उद्दार गर्ने र घाइतेको उपचारमा तत्काल लाग्ने स्वास्थ्यकर्मीको धेरै खाँचो छ। सबै साथीहरु उद्दारमा खटौँ । घाइतेहरुलाई शीघ्र उद्दार र उपचारको प्रबन्ध गरौं । यो बाहिरकाले सहयोग पुर्याउने र त्यहाँकाले धैर्य र सावधानी राख्नु पर्ने समय हो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले शुक्रवार शीतल निवासमा आयोजित एक समारोहका बिच आर्थिक वर्ष २०८०–०८१

काठमाडौँ, ४ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले अहिले राजनीति अपराधिकरण र फोहोरी खेल बढेर गएको बताएका

काठमाडौँ, ४ असोज । रास्वपा सभापति रवि लामिछानेसँग संसदीय विशेष समितिले लिएको बयानसहितको प्रतिवेदन सार्वजनिक भएको छ । संसदीय समितिले

काठमाडौँ, ४ असोज । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई डेंगु सङ्क्रमण भएको छ । सङ्क्रमित मन्त्री अधिकारी अहिले