तत्काल उद्धार तथा राहतमा जुट्न पूर्वमन्त्री बस्नेतको अपिल

काठमाडौँ, १८ कार्तिक । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले भुकम्प प्रभावितको उद्धार र राहतका कार्यमा जुट्नको लागि अपिल गर्नुभएको छ ।

जाजरकोट केन्द्र बनाएर गएको भुकम्पका कारण हालसम्म १३१ जनाभन्दा बढिको मृत्यु भइसकेको छ । जसका कारण हजारौं घाईते भएका छन् भने जाजरकोट, रुकुम लगायतका स्थानहरुमा सयौं घरहरु ढलेका छन् । क्षतीको विवरण आउन बाँकी रहेको छ । नेता बस्नेतले यस्तो दुखद् घडिमा सरकार र सवै नागरिक एक भएर शोकलाई शक्तिमा बदल्नको लागि सहयोग गर्न अपिल गर्नुभएको छ ।

विपदको समयमा जनताको सारथी बन्ने पहिचान बोकेको राष्ट्रिय युवा संघ नेपालको इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले आफ्ना नेता तथा कार्यकतालाई राहत तथा उद्धारमा लाग्नको लागि निर्देशन समेत दिनुभयो । प्राकृतिक विपतद्का कारण ठूलो जनधनको क्षती भएको प्रति दुःख व्यक्त गर्दै नेता बस्नेतले थप क्षतीबाट बच्न र बचाउन लाग्न सम्पूर्ण पार्टी कमिटी तथा आम नागरिकको साथमा सरकारका सम्पूर्ण निकायहरुलाई अपिल गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जाजरकोट र रुकुम आसपास केन्द्र बनाएर गएको भुकम्पमा परि सो क्षेत्रमा ठुलो धनजनको क्षति भएको छ । अहिलेसम्म नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिह सहित सयौंको जनाको मृत्यु भएको र हजारौं घाइते भएका छन् । क्षतिको पुरा बिबरण आउँदैछ । तत्काल उद्दार तथा राहतमा सरकारको साथ साथै एमालेको पार्टी कमिटी, सम्पूर्ण जनवर्गीय संगठनहरु र राष्ट्रिय युवा संघ नेपालका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु सबै जुटौं । थप क्षतिहुबाट बचौं र बचाऔं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै छ । खेल ग्लासग्लोमा

काठमाडौँ, २ असार । नेपाली क्रिकेट टिमले सोमबार त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ। स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको

काठमाडौँ, ३१ जेठ । स्कटल्याण्डमा भोलिदेखि शुरू हुने त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाका लागि नेपालको टोली घोषणा भएको छ । नेपाली राष्ट्रिय

काठमाडौँ, ३० जेठ । बङ्गलादेशमा अर्को महिना हुने साफ २० वर्षमुनिको वुमन्स च्याम्पियसिपमा नेपालसहित चार टोलीले मात्र सहभागिता जनाउने भएका छन्