काठमाडौँ, १८ कार्तिक । नेकपा एमालेका सचेतक महेश बर्तौलाले भूकम्पमा परेर घाइते भएका नागरिकको प्रभावकारी उद्धार र राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले शनिबार बिहान सामाजिक सञ्जाल मार्फत जाजरकोट आसपासमा भूकम्पका कारण प्रभावित भएका नागरिकको उचित व्यवस्थापन गर्न र घाइतेहरूको उपचार प्रभावकारी रूपमा गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । सचेतक बर्तौलाले गएको मध्य रातमा जाजरकोट आसपास केन्द्र बनाएर गएको भूकम्पमा परि जाजरकोट र रुकुममा ठुलो धनजनको क्षति भएको प्रति दुःखद व्यक्त गरेका छन् । उनले क्षतिको पुरा विवरण आइसकेको कारण सतर्कता अपनाउन अपिल समेत गरेका छन् । विपद्को यस अवस्थामा प्रभावकारी र राहतमा जुट्न तथा सहयोग पुर्याउन आम आम नागरिकहरूलाई आग्रह समेत गरेका छन् ।
उनले भनेका छन्, ‘मध्यरातमा जाजरकोट आसपास केन्द्र बनाएर गएको भुकम्पमा परि जाजरकोट र रुकुममा ठुलो धनजनको क्षति भएको छ । यो दुःखद् खबरले अयन्तै मर्माहत भएको भएको छु । अझै क्षतिको पुरा बिवरण आइसकेको छैन, सतर्कता अपनाउन अपिल गर्दै यस अवस्थामा प्रभावकारी उद्दार तथा राहतमा जुट्न तथा सहयोग पुर्याउन आम जनसमुदायमा निवेदन गर्दै नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’