जाजरकोटमा चर्केका घर तथा संरचनामा नबस्न विज्ञको सुझाव

काठमाडौँ, १८ कार्तिक । जाजरकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पपछि निरन्तर साना र ठूला परकम्प गइरहेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति ११ बजेर ४७ मिनेटमा ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

केन्द्रका अनुसार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि चार घण्टाको अवधिमा ४ रेक्टरस्केलभन्दा माथिका तीनवटा परकम्प गएका छन् । भूकम्प लगत्तै १२ बजेर ८ मिनेट जाँदा ४ दशमलव ५ रेक्टरस्केलको परकम्प गएको थियो । त्यसपछि १२ बजेर २९ मिनेटमा ४ दशमलव २ रेक्टरस्केलको अर्को परकम्प गएको थियो ।

त्यस्तै, १२ बजेर ३५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको परकम्प गएको थियो । अरु साना परकम्पहरु निरन्तर गइरहेका छन् । परकम्पबाट थप क्षति हुने जोखिम कायमै रहेकाले सचेत रहन र चर्केका घर तथा संरचनामा नबस्न राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् डा. मुकुन्द भट्टराईको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । काठमाडौँ महानगरका मेयर बालेन शाहले कान्स फिल्म फेस्टिभलमा आयोजित हलिउड फिल्म ‘मेगालोपोलिस’को रेडकार्पेट वर्ल्ड प्रिमियरमा भाग

काठमाडौँ, ५ जेठ । ‘तारक मेहता का उल्टा चश्मा ’का अभिनेता गुरचरण सिंह तीन सातापछि शुक्रबार घर फर्किएका छन् ।

काठमाडौँ, ४ जेठ । बिहीबार रातिको कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा बलिउड अभिनेत्री ऐश्वर्या रायले विश्वको ध्यान पुनः आफ्नो सौन्दर्यतर्फ केन्द्रित

काठमाडौँ, ४ जेठ । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा भएका छन् । कञ्चनपुर प्रहरीका कञ्चनपुर