उद्धार तथा राहतमा जुट्न प्रधानमन्त्री प्रचण्डको अपिल

काठमाडौँ, १८ कार्तिक । जाजरकोटमा गएको भूकम्पमा परी  ठुलो क्षति भएपछि  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्धार तथा राहतमा जुट्न सबैमा अपिल गरेका छन् ।

‘भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहत भएको छु । घाइतेहरूको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्।  उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गर्दछु,’ प्रधानमन्त्री दाहालले भनेका छन् ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी १३१ भन्दा बढीको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले शुक्रवार शीतल निवासमा आयोजित एक समारोहका बिच आर्थिक वर्ष २०८०–०८१

काठमाडौँ, ४ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले अहिले राजनीति अपराधिकरण र फोहोरी खेल बढेर गएको बताएका

काठमाडौँ, ४ असोज । रास्वपा सभापति रवि लामिछानेसँग संसदीय विशेष समितिले लिएको बयानसहितको प्रतिवेदन सार्वजनिक भएको छ । संसदीय समितिले

काठमाडौँ, ४ असोज । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई डेंगु सङ्क्रमण भएको छ । सङ्क्रमित मन्त्री अधिकारी अहिले