काठमाडौँ-तराई द्रुतमार्ग निर्माणमा ढिलाइ गर्ने अनुमति कसैलाई छैन : मन्त्री खड्का

काठमाडौँ, १७ कार्तिक । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौँ–तराई द्रुतमार्ग निर्माण योजना थप गरिएको समय भित्र सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिएका छन् ।

आज सिंहदरबारमा मन्त्रालयको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले सो योजना सम्पन्न गर्ने काम थपिएको समयभन्दा पछि टार्ने अनुमति कसैलाई पनि नरहेको बताए ।

उनले भने, “फाष्ट्र ट्रयाक नेपाली सेनाको प्रतिष्ठासँग जोडिएको छ । देशको प्रतिष्ठाको विषय हो । यो सरकारको प्रतिष्ठासँग जोडिएको छ । र, हामी सबैले भनिराखेका छौँ–यो जति छिटो बनाउँछौँ, यसले देशभरको आर्थिक क्षेत्रमा ल्याउने संख्यात्मक, गुणात्मक परिवर्तनमा ठूलो असर पर्छ । त्यसैले त्यति महत्वको योजना भएको हुनाले हामीले २०८३ को चैत्र मसान्त तोकेका छौँ ।”

आगामी २०८३ साल चैत्र मसान्तभित्र सम्पन्न गरिसक्न मन्त्रिपरिषद् बैठकले निर्णय गरेकाले सोही समयमा नेपाली सेनाले सो आयोजनाको काम पूरा गर्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सिन्धुपाल्चोक, २० मंसिर । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाको बिकट गुम्बागाउँमा विद्युतीकरण सुरु भएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ का

काठमाडौँ, २० मंसिर । नेपाल प्रहरीले विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाएर कानुनी कारबाहीबाट जोगिन वैदेशिक रोजगारीमा रहेका र स्वदेशमा

काठमाडौँ, २० मंसिर । आज नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य

काठमाडौँ, २० मंसिर । विवादास्पद वित्तीय पृष्ठभूमि बोक्दै आएको एनसेलले यसपालिको खरिद–बिक्रीमा पनि छल गर्न खोजेको खुलासा भएको छ । ६