काठमाडौँ, १७ कार्तिक । नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीले झापाबाट एकजना युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचिनगर नगरपालिका–१५ स्थित भिन्डी बस्ने २१ वर्षीय सुकलाल हास्दालाई पक्राउ गरिएको हो ।
सोमबार दिउँसो घरमा गएर युवकले बालिकालाई ललाई फकाई बलात्कार गरेको आरोप छ । बालत्कार गरेको सुराक पाएपछि प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।