काठमाडौँ महानगरले सबै विद्यालयका प्रधानाध्यापक परिवर्तन गर्दै

काठमाडौँ, १७ कार्तिक । काठमाडौँ महानगरपालिकाले सबै विद्यालयका प्रधानाध्यापक परिवर्तन गर्ने भएको छ ।

महानगरभित्रका ७१ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापक परिवर्तन गर्ने लागेको हो । त्यसका लागि दरखास्त आह्वान गरेको छ ।

पाँच वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गर्नुपर्ने भएकाले दरबन्दी मिलान तथा प्रधानाध्यापक नियुक्तिसम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त आह्वान गरिएको महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले बताए ।

महानगरले आधारभूत तह (१–५) का लागि ६ जना, आधारभूत तह (१–८) का लागि २१ जना र माध्यमिक तहका लागि ४४ जना प्रधानाध्यापकका लागि दरखास्त आह्वान गरेको हो । आवेदकहरूमध्ये विद्यालय विकास प्रस्ताव तयारी र प्रस्तुतीकरणमार्फत छनोट गरिने महानगरले जनाएको छ ।

विद्यालय समायोजन वा थपघट भएमा सङ्ख्या थपघट हुनसक्ने महानगरले जनाएको छ । महानगरले मंसिर १ गतेसम्म इच्छुक उम्मेदवारलाई दरखास्त दिन आह्वान गरेको छ । प्रधानाध्यापकका लागि सम्बन्धित तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा अवधि पुरा गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

ललितपुर, १३ जेठ । कोन्ज्योसोम गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० मा महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा शून्य बेरुजु कायम भएको

काठमाडौँ, १३ जेठ । जिल्ला अदालत काठमाडौँले जबरजस्ती करणी मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरिलाई दोषी ठहर गरेको छ । सर्वोच्च

काठमाडौँ, १३ जेठ । महालेखापरीक्षकको कार्यालयले ६१ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ । महालेखा परीक्षक तोयम

काठमाडौँ, १३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख रहेको बताएका छन् ।  आज काठमाडौँमा