प्रधानमन्त्री प्रचण्ड र कोरियाका कृषि मन्त्रीबीच भेटवार्ता

काठमाडौँ, १६ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्री चुङ ह्याङ क्युनले भेटवार्ता गरेका छन् ।

गए राति नेपाल आइपुगेका मन्त्री क्युनले आज बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन् । भेटमा कृषि विकासका लागि एक अर्कालाई कसरी सहयोग गर्ने विषयमा कुराकानी भएको बताइएको छ ।

कोरिया सरकारले नेपाललाई दिएको उन्नत जातको गाई बारेमा जानकारी लिन नेपाल आएका मन्त्री क्युनले आजै कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालसँग भेटेर कृषिका विभिन्न क्षेत्रमा सहकार्य गर्ने गरी सम्झौता गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । बजारमा ब्रोकाउलीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ब्रोकाउलीको मूल्य

काठमाडौँ, ६ माघ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, ६ माघ । बजारमा गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडाको मूल्य एकैदिन

काठमाडौँ, ६ माघ । धादिङमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निलकण्ठ