प्रधानमन्त्री प्रचण्ड र कोरियाका कृषि मन्त्रीबीच भेटवार्ता

काठमाडौँ, १६ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्री चुङ ह्याङ क्युनले भेटवार्ता गरेका छन् ।

गए राति नेपाल आइपुगेका मन्त्री क्युनले आज बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन् । भेटमा कृषि विकासका लागि एक अर्कालाई कसरी सहयोग गर्ने विषयमा कुराकानी भएको बताइएको छ ।

कोरिया सरकारले नेपाललाई दिएको उन्नत जातको गाई बारेमा जानकारी लिन नेपाल आएका मन्त्री क्युनले आजै कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालसँग भेटेर कृषिका विभिन्न क्षेत्रमा सहकार्य गर्ने गरी सम्झौता गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । भारतीय गायक अरिजित सिंहले नेपाली झन्डा ओढेर नेपालमा गीत गाएको सन्दर्भलाई लिएर राजेशपायल राईले प्रतिक्रिया दिएका छन्

काठमाडौँ, ११ मंसिर । सोमबारदेखि छायांकन सुरु भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका

काठमाडौँ, ११ मंसिर । विनोद पौडेलको निर्देशन रहने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन्

नयाँ दिल्ली, १० मंसिर । हिन्दी सिनेमाका सुपरस्टार अभिताभ बच्चनले जुहुस्थित बंगला ‘प्रतीक्षा’ आफ्नी छोरी श्वेता नन्दाको नाममा गरिदिएका छन्