काठमाडौँ, १६ कार्तिक । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके)ले देश टाइटनिक बोटजस्तै डुबिरहेको बताएका छन् ।
आजको प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले शीर्ष तहका नेताहरुले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेको उल्लेख गरे ।
उनले भने, “देश टाइटनिक डुबेजस्तै डुब्दै छ । यो डुबाउने चालकहरु नै हुन् । जसले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेका छन्,” “आफू सुरक्षित रुपमा टाइटनिक बोटमा जोगिरहेका छन् ।” प्रतिशोध साँध्नका लागि सरकारबाट पक्राउ गर्ने कुरा राम्रो नभएको भन्दै उनले देशमा जनताका लागि लोकतन्त्र नभएको बताए ।