नेप्से सूचक १०.८६ अंकले घट्यो

काठमाडौँ, १६ कार्तिक । दसैँपछि निरन्तर ओरालो लागेको सेयर बजार साताको अन्तिम कारोबार दिन थप १० अंकले घटेर बन्द भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से सूचक १०.८६ अंकले घट्दै १८ सय ४७.७० अंकमा झर्न पुगेको हो । यस्तै आज सेन्सेटिभ इन्डेक्स समेत २.१९ अंकले घट्दै ३५७.७६ अंकमा झरेको नेप्सेले जनाएको छ ।

आज होटल तथा पर्यटन समूह र म्यानु एण्ड प्रो समूहको दुई वटा उपसूचक बाहेक बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन् । आज म्युचुअल फन्ड समूहको उपसूचक सबैभन्दा बढी ४.६३ प्रतिशतले घट्न पुगेको छ । यस्तै, ट्रडिङ समूहको उपसूचक ३.०५ प्रतिशतले घट्दा यता हाइड्रोपावर समूहको उपसूचक १.०५ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

ललितपुर, १३ जेठ । कोन्ज्योसोम गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० मा महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा शून्य बेरुजु कायम भएको

काठमाडौँ, १३ जेठ । जिल्ला अदालत काठमाडौँले जबरजस्ती करणी मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरिलाई दोषी ठहर गरेको छ । सर्वोच्च

काठमाडौँ, १३ जेठ । महालेखापरीक्षकको कार्यालयले ६१ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ । महालेखा परीक्षक तोयम

काठमाडौँ, १३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख रहेको बताएका छन् ।  आज काठमाडौँमा