संसद्‌मा माधव नेपालले गाए तीन गीत

काठमाडौँ, १६ कार्तिक । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा बैठकमा तीनवटा गीत प्रस्तुत गरेका छन् ।

आज संसद्को चालु अधिवेशनको अन्तिम बैठकमा उनले गीतमार्फत देश अफ्ठ्यारो अवस्थामा रहेको बताए । २०७६ सालमा संसद्‌मा उभिएर देशको समस्या र राजनीतिको बारेमा केही कुरा चर्चा गरेको सम्झिए । त्यस्तै, ०७९ को निर्वाचनपछि गठन भएको सरकारको बेलामा आफूले राखेको धारणा पनि स्मरण गरे ।

उनले ‘ह्वाइ नेसन फेल’ पुस्तकको चर्चा गरे । त्यस्तै, मनमोहन अधिकारीसहितको टिमले बनाएको भिजन नेपाल नामक पुस्तक पनि सम्झिए । उनले पहिलो गीतको रुपमा जेबी टुहुरेको लाहुर हिँड्नेको ताँतीले…गीत गाए । “लाहुर हिँड्नेको ताँतीमा बस्नेको मन रुहाँउछ । लाखौँको लागि उजाड छ यो देश । मुठ्ठीभरका लागि स्वर्ग छ,” नेपालले गीत सुनाए ।

उनले विमानस्थलमा विदेश जानेहरुको ताँतीले मन पोल्ने बताए । उनले देशको अवस्था हेर्ने हो भने विमानस्थलमा गएर विदेश जानेहरुको ताँती हेरे पर्याप्त हुने बताए । त्यस्तै, तेस्रो गीतका रुपमा शिशिर योगीको गीत गुनगुनाए, “छाडेर काम सारा, एक काम रोजिरहेको छु, यो देशमा म एउटा मानिस खोजी रहेको छु ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जुम्ला, २२ मंसिर । जुम्लामा एक हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट सेवा जडान गरेका छन् । अहिले

काठमाडौँ, २२ मंसिर । कपिलबस्तुमा मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा कपिलबस्तुमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी

काठमाडौँ, २२ मंसिर । राजधानी काठमाडौँको हावाको गुणस्तर निकै खराब अवस्थामा रहेको छ । आईक्यू एयरको शनिबार बिहान साढे ९

काठमाडौँ, २२ मंसिर । चितवनमा शुक्रबार राति सवा ११ बजे गाडीको ठक्करबाट एक जनाको मृत्य भएको छ । प्रहरीका अनुसार