ललितपुरमा सुन र नगद चोरी

ललितपुर, १६ कार्तिक । ललितपुरमा एउटा घरबाट लाखौँको गरगहना र नगद चोरी भएको छ ।

प्रहरीका अनुसार गोदावरी नगरपालिका–१० मुलपानी बस्ने खोटाङ दिक्देल मजुवागडी नगरपालिका१० घर भएका ४४ वर्षीय बम बहादुर बानियाँको टहराबाट सुन र चाँदीका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ४ लाख ५१ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

गत असोज २९ गते खोटाङ गएर कात्तिक १५ गते फर्किदा चोरी भएको थाहा हुन आएको बताइएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

तुलसीपुर, १८ कार्तिक । दाङमा जुवा खालबाट एक लाख ३३ हजार रुपैयाँ नगदसहित १० जना पक्राउ परेका छन् । तुलसीपुर

बझाङ, १८ कार्तिक । अरिंगालको टोकाइबाट  बझाङका दुई जना बालकको ज्यान गएको छ । थलारा गाउँपालिका वडा नम्बर २ डोरगाउँका ३

हुम्ला, १८ कार्तिक । हुम्लामा एक बालक चार दिनदेखि बेपत्ता छन् । खार्पुनाथ गाउँपालिका–३ राया गाउँका दुई वर्षीय सरत रोकाया यही

काठमाडौँ, १८ कार्तिक । आज देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यून चापीय प्रणालीको समेत