संसदमा पत्रकारको तलब बढाउन माग

काठमाडौँ, १६ कार्तिक । नेपाली कांग्रेस सांसद शान्ति विकले पत्रकारहरुको तलब वृद्धि गर्न माग गरेकी छिन् ।

आज प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद विकले श्रमजीवी पत्रकारको तलब बढाउन आग्रह गरेकी हुन् ।

उनले भनिन्, ‘देशको चौथो अङ्गको रूपमा रहेको श्रमजीवी पत्रकारले देश र जनता, सरकार अनि समाजमा महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छन् । विश्वमा के भइरहेको छ पत्रकारकै कारण सञ्चार माध्यमद्वारा सहजै थाहा पाउन सक्छौँ । पत्रकारको आधारभूत आवश्यकता पनि पूरा हुने गरी न्यूनतम पारिश्रमिक वृद्धि गराई कार्यान्वयन गर्नका लागि सभामुख मार्फत सरकारको ध्यान आकर्षण गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । भारतीय गायक अरिजित सिंहले नेपाली झन्डा ओढेर नेपालमा गीत गाएको सन्दर्भलाई लिएर राजेशपायल राईले प्रतिक्रिया दिएका छन्

काठमाडौँ, ११ मंसिर । सोमबारदेखि छायांकन सुरु भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका

काठमाडौँ, ११ मंसिर । विनोद पौडेलको निर्देशन रहने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन्

नयाँ दिल्ली, १० मंसिर । हिन्दी सिनेमाका सुपरस्टार अभिताभ बच्चनले जुहुस्थित बंगला ‘प्रतीक्षा’ आफ्नी छोरी श्वेता नन्दाको नाममा गरिदिएका छन्