दुर्गा प्रसाईलाई कारबाही गर्न संसदमा माग

काठमाडौँ, १६ कार्तिक । नेकपा एमालेकी सांसद शोभा ज्ञवालीले प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीको आलोचना गर्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कारबाही गर्न माग गरेकी छिन् ।

आज बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले ओलीको कम्बोडियाको टेलिकममा लगानी छ भनेर भ्रम सिर्जना गरिएको बताइन् ।

उनले भनिन, ‘यतिबेला दुर्गा प्रसाईजस्ता अराजक व्याक्तिले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा लगानी छ भन्दै भ्रम छर्ने काम गरिरहेका छन् । सुशासन र विकासमा सबैभन्दा योग्य साबित नेता केपी ओलीमाथिको प्रहार भनेको नेपाल र नेपाली जनतामाथिको प्रहार हो । यस्ता गलत भ्रम सिर्जना गर्ने अराजक तत्त्वलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ । एयर क्वालिटी इन्डेक्स’ले शुक्रबार साँझ काठमाडौँको समग्र

काठमाडौँ, १७ कार्तिक । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा

काठमाडौँ, १७ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।  गोलभेडा

काठमाडौँ, १७ कार्तिक । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ