सरकारी नम्बरको बाइकमा भारतीय नम्बर राखेर चलाउने ३ जना पक्राउ

काठमाडौँ, १६ कार्तिक । रौतहटमा सरकारी नम्बरको मोटरसाइकल (बाइक)मा भारतीय नम्बर राखेर चलाइरहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार फतुवा विजयपुर नगपालिकाको कार्यालयको नाममा दर्ता रहेको ना. १ ब ३७९० नम्बरको निलो र कालो रंगको बजाज कम्पनीको १५० सीसीको पल्सर मोटरसाईकलमाथि भारतीय नम्बर राखेर चलाइरहेका तीन जनालाई बुधबार पक्राउ गरेको हो ।

उनीहरूमाथि चोरी सम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट म्याद थमाई अनुसन्धान भइरहेको छ । आरोपीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

उक्त मोटरसाइकल  गौर नगरपालिका  १ कृष्ण मन्दिर नजिक राज प्रिन्टिङ प्रेसको अगाडि पार्किङ्ग गरी राखेको अवस्थामा बुधवार अपरान्ह चोरी भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २० मंसिर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमण गर्ने क्रेमलिनले

मस्को, १९ मंसिर । रुसले मङ्गलबार ३५ वटा युक्रेनी ड्रोनहरू क्राइमियन प्रायद्वीप र अजोभ सागरमा निष्क्रिय बनाएको जनाएको छ । 

लन्डन, १९ मंसिर । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदमहरू चालिएको घोषण गरेका छन् । प्रधानमन्त्री

एजेन्सी, १९ मंसिर । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको भ्रष्टाचारको मुद्दामा फेरि सुनुवाइ शुरु भएको छ । गाजापट्टीमा हमाससँगको युद्धका बावजुद