संक्रमणकालीन न्याय छिटै टुंगिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १५ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चाडपर्वका अवसरमा गरिने चियापानले पार्टीहरुको बीचमा समझदारीको राम्रो वातावरण बनाउने बताएका छन् ।

आज नेकपा एमालेले दसैँ, तिहार र छठ पर्वको अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजना गरेको चियापान तथा शुभकामना कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्ता कार्यक्रमले दलहरुलाई सहमतिमा पुग्न राम्रो वातावरण बनेको बताएका हुन् ।

उनले भने, ‘अस्ति नेपाली कांग्रेसले गरेको शुभकामना आदानप्रदान र आज एमालेले गरेको कार्यक्रमले पार्टीहरुको बीचमा समझदारी बनाउन राम्रो वातावरण बनेको मैले महसुस गरेको छु, ‘म एमाले नेता कार्यकर्ता सबै साथीहरुलाई फेरि पनि शुभकामना भन्न चाहन्छु ।’

प्रचण्डले संक्रमणकालीन न्यायको विषय टुङ्ग्याउन बुधबार बिहानमात्रै कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र आफूबीच त्यसबारे सकारात्मक छलफल भएको समेत बताए । उनले भने, ‘आज बिहानमात्रै हामीले छलफल गर्‍यौ । सकारात्मक छलफल भएको छ । यो विषय छिटै टुगिंन्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असार । चलचित्र विकास बोर्डले पछिल्लो २५ वर्षमा धेरै कमाइ गर्ने २५ फिल्मलाई सम्मान गर्ने भएको छ ।

काठमाडौँ, २ असार । आन्द्राको संक्रमण भएपछि राजधानीको ह्याम्स अस्पतालमा उपचार गराइरहेकी गायिका रचना रिमाल डिस्चार्ज भएकी छन् । शनिबार

काठमाडौँ, १ असार । सामाजिक सञ्जाल टिकटक मार्फत जातीय, साम्प्रदायिक भावना भड्काउने र प्रतिष्ठित व्यक्ति तथा संस्थाहरूमाथि तथ्यहीन आरोप लगाउँदै

काठमाडौँ, १ असार । फिल्म ‘किन लाग्छ माया’ निर्माण हुने भएको छ । मोनु खड्काको निर्माण र कुवेर तामाङको निर्देशनमा