मन्त्री भइसकेका नेता समानुपातिक सांसद बन्दा संविधान मिचियो : सभापति लामिछाने

काठमाडौँ, १५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पटकपटक मन्त्री भइसकेका नेता समानुपातिक सांसद बन्दा संविधान मिचिएको बताएका छन् ।

आज राज्य व्यवस्था समितिको बुधबारको बैठकमा बोल्दै लामिछानेले समानुपातिक प्रणालीको मर्मविपरीत धनाढ्य तथा शक्तिशाली नेता नै सांसद बन्न पुगेका बताए ।

लामिछानेले समानुपातिक कोटाबाट धनाढ्यहरु मात्रै सांसद बनेको उल्लेख गरे । उनीहरुले संसद्मा समानुपातिकको मर्मअनुरुप काम नगरेको पनि उनले बताए । उनले भने, “पटकपटक मन्त्री भएका नेता समानुपातिका सांसद भएका छन् । यसले संविधानको उल्लंघन गरेको छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० जेठ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको हुन पनि नसक्ने प्रस्टीकरण दिएका छन्

काठमाडौँ, ३० जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपाले तीन दलबीचको सहमतिमा हस्ताक्षर नगरेकाले आफ्नो ढंगले जाने

काभ्रेपलाञ्चोक, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने भएकाले आफूूले पाएको ज्ञानलाई व्यहाहारमा उतार्दै आइपरेका नयाँ

काठमाडौँ, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओली असारको तेस्रो साता स्पेन जाने भएका छन् ।  उनी सेभिल सहरमा असार