मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौँ, १५ कार्तिक । डडेलधुरा र कैलालीमा भएका छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार डडेलधुराको आलिताल गाउँपालिका-१ गाङखेतस्थित सडकमा यूके ०६ बीसी २११२ नम्बरको मोटरसाइकल पल्टिएर सु.प.प्र.०१ ००१ च २९५५ नम्बरको जिपमा समेत ठोकिएर मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक दार्चुला मालिकार्जुन गाउँपालिका-४ बस्ने ५५ वर्षीय सम्भु सिंह धामीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढी कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता कैलाली गोदावरी नगरपालिका-६ खैरेनापुल निजक सडकमा सु.प.प्र. ०१०११ प ४९४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-४ बस्ने २६ वर्षीय राजु चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ जेठ । भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ, ८ जेठ । हाल नेपालमा स्थानीय, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान

काठमाडौँ, ७ जेठ । हुम्लाको जिल्ला अस्पतालमा औषधि अभाव हुँदा उपचारमा आउने बिरामी मर्कामा परेका छन् । मौसमी बिरामीको सङ्ख्या

काठमाडौँ, ७ जेठ । सुर्खेतको वीरेन्द्रनगरस्थित उत्तरी क्षेत्रमा पर्ने कटकुवा क्षेत्रमा बस दुर्घटनामा परेको छ । केहीबेर अघि कर्णाली प्रदेश