चाडपर्वले बजारमा नगद प्रवाह बढ्यो

काठमाडौँ, १५ कार्तिक । मुख्य चाडवार्ड दसैँ–तिहारले बजारमा नगद प्रवाह (करेन्सी ईन सर्कुलेशन) बढ्न पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्ममा बजारमा कूल ६ खर्ब ५८ अर्ब ९९ करोड १५ लाख रुपैयाँ नगद प्रवाह भएको छ । यो गत असार मसान्तको तुलनामा ३३ अर्ब २० करोड ३६ लाख रुपैयाँले बढी हो ।

२०८० असार मसान्तसम्ममा बजारमा कूल ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ नगद प्रवाह भएको थियो । खासगरी चाडपर्वका बेला सर्वसाधारण उपभोक्ताहरुले उपभोग्य वस्तुको खरिद बिक्री तथा घरायसी खर्चका लागि बैंकहरुबाट पैसा झिक्दा बजारमा पैसा बढ्न पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत लेवनानमा खटिएका नेपाली शान्ति सैनिकमाथि आक्रमण भएको छ ।   फागुन ३ गते

काठमाडौँ, ४ फागुन । बागमती प्रदेश सरकारले आफ्ना यातायात व्यवस्था कार्यालयमा रहेका करिब २३ लाख सवारी साधनका ढड्डा, फाइल तथा

काठमाडौँ, ४ फागुन । विकासशील राष्ट्रको समूहमा स्तरोन्नति भएपछि नेपालले पाउने अनुदान र सहुलियतपूर्ण ऋणमा १० देखि १५ प्रतिशत प्रभाव पर्ने

भक्तपुर, ३ फागुन । नेकपा (एमाले)को पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नतले पछिल्लो समय नयाँ शक्ति र स्वतन्त्रको नाममा आएका