राष्ट्रियसभामा रिक्त हुने १९ पदको चुनाव माघ १० गते गर्न आयोगको प्रस्ताव

काठमाडौँ, १५ कार्तिक । निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुन लागेको १९ सिटका लागि आगामी माघ १० गते आसपास निर्वाचन गर्न प्रस्ताव गरेको छ ।

आज प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रस्ताव गरेका हुन् ।

उनले माघ १०, ११ वा १२ गतेसम्म चुनाव गर्न आवश्यक रहेको र त्यसका लागि सरकारले निर्णय गर्नुपर्ने बताए ।  यस्तै प्रतिनिधिसभामा रिक्त रहेको १ सिट, प्रदेशसभामा २ सिट र स्थानीय तहमा २४ स्थानमा उपयुक्त समयमा उपनिर्वाचन गर्न आयोग तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ । बैठक सुरू हुनासाथ कांग्रेसका

काठमाडौँ, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा १५७ जना सांसद उपस्थित

काठमाडौँ, ७ जेठ । काठमाडौँ उपत्यकाको वायु फेरि ‘अस्वस्थकर’ भएको छ । वातावरण विभागको तथ्यांकमा उपत्यकाकोका तीन स्थानको एयर क्वालिटी

काठमाडौँ, ७ जेठ । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुखले बैठक सुरु भएको घोषणा गर्नेवित्तिकै कांग्रेसका