पोखरा, १५ कार्तिक । पोखरामा ‘सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौथो गण्डकी प्रादेशिक पुष्प मेला–२०८०’ हुने भएको छ ।
फ्लोरीकल्चर एसोेसिएसन नेपाल जिल्ला समिति कास्कीले गर्ने मेला पर्सि १७ गतेदेखि २० गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुनेछ ।
पुष्प व्यवसायको विस्तार तथा बजार प्रवर्द्धन गर्ने उद्देश्यले मेला गर्न लागिएको फ्लोरीकल्चर एसोसियसन नेपाल जिल्ला समिति कास्कीका अध्यक्ष डिलबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार मेलामा फूलका २०, कृषिका तीन र सूचनामूलक एक गरी २४ प्रदर्शनीकक्ष रहनेछन् ।