उपत्यकामा रगतको चरम अभाव

काठमाडौँ, १५ कार्तिक । काठमाडौँ उपत्यकामा रगतको चरम अभाव देखिएको छ । रगतको व्यवस्थापनको जिम्मा पाएको नेपाल रेडक्रम सोसाइटी र रगतको निगरानी गर्ने जिम्मा पाएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको कमजोर व्यवस्थापनका कारण उपत्यकामा रगतको चरम अभाव देखिएको हो ।

रगत अभाव हुँदा उपत्यकाका विभिन्न अस्पतालमा भर्ना भएका बिरामीको ज्यान जोखिममा परेको छ । एकातिर चाडवाडपछि बिरामीका आफन्तहरु रगत खोज्न भौंतारिनुपरेको छ भने अर्कातिर अप्रेसन गर्नुपर्ने बिरामीको पनि रगत अभावका कारण समय लम्बिने गरेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला प्रमुख रुणा झाले चाडवाडमा रक्तदाताहरु उपत्यका बाहिर गएको हुनाले प्रत्येक वर्ष रगतको अभाव हुने बताए । रगतको अभाव हुन नदिन प्रत्येक ३ महिनामा रगत दिनुपर्छ भन्ने जनचेतना जगाउनुपर्ने उहाँको भनाइ छ ।

त्यसै गरी नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले सरकारी निकाय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सुस्त व्यवस्थापनका कारण रगतको अभाव देखिएको बताए । तर, नेपाल सरकारको निर्णयअनुसार रगतको व्यवस्थापनको जिम्मा नेपाल रेडक्रस सोसाइटीले गर्ने रहेको प्रयोगशाला प्रमुख झाले बताए ।

नेपाल स्वयंसेवी रक्तदाता समाजको अनुसार लगभग उपत्यकाको माग ४ देखि ५ सय युनिट रहे पनि अहिले ३ सय युनिट मात्र रगत उपलब्ध रहेको छ । समाजका अध्यक्ष कर्माचार्यले चिकित्सकको अनावश्यक रगत मागका कारण पनि रगत अभाव हुने गरेको बताए ।

उनले १ युनिट रगत बिरामीलाई दिन ५ घण्टा लाग्ने गरे पनि डाक्टरले अनावश्यक रुपमा ४ पाउन्डसम्म रगत जम्मा गर्न लगाउने गरेको बताए । अध्यक्ष कर्माचार्यले रगतको अभाव हुन नदिन स्वयंसेवी रक्तदाता तथा विभिन्न संघसंस्थालाई रक्तदान अभियान थाल्न अनुरोध गरे । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ । पौष २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय सरकारका प्रवक्ता

काठमाडौँ, २९ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनिर्मित संसद् भवनको निरीक्षण गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे

काठमाडौँ, २९ पौष । आज दिउँसो २ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रीय

काठमाडौँ, २९ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने