परिसूचक नेप्से १४.२९ अंकले घट्यो  

काठमाडौँ, १४ कार्तिक । परिसूचक नेप्से १४.२९ अंक घटेर १८६४.४० विन्दुमा कायम भएको छ । परिसूचकका अलवा कारोबार रकम पनि घटेको छ ।

सोमबार ६९ करोड ४२ लाख रुपैयाँको धितोपत्र कारोबार भएकोमा मंगलबार ५७ करोड १४ लाख रुपैयाँमा खुम्चियो । मंगलबार सेयर बजारमा १९३ कम्पनीको मूल्य घट्दा जम्मा ३८ कम्पनीको मात्रै बढेको छ । ७ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

बजारका सबै उपसमूहका सूचक घटेका छन् । बैंकिङ ८, विकास बैंक ३१, फाइनान्स १३, होटल तथा पर्यटन २५, जलविद्युत् १५, जीवन बीमा १४३, उत्पादन ३१, माइक्रोफाइनान्स २९, निर्जीवन बीमा ५८, अन्य ३ र ब्यापार उपसमूह ८ अंक घटे ।

माहुली लघुवित्तको मूल्य सबैभन्दा धेरै ६ प्रतिशत बढ्यो । हाथवे इन्भेस्टमेन्टको ३.४, सीवाईसी लघुवित्तको ३.४, किसान लघुवित्तको २.७ र सबैको लघुवित्तको २.७ प्रतिशत मूल्य बढ्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान