विदेशमा रहेका नेपालीलाई ‘नेपाल फर्क’ भन्ने अवस्था छैन : विश्वप्रकाश शर्मा

काठमाडौँ, १४ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले व्यवस्थामा परिमार्जन गरी अवस्थामा परिवर्तन गर्नुपर्ने बताएका छन् ।

नेपालको अवस्थाबारे अमेरिकामा सर्वपक्षीय अन्तरक्रियामा शर्माले व्यवस्था नभई अवस्थामा परिवर्तन आजको आवश्यकता भएको बताए ।

यस्तै उनले विदेशमा रहेका नेपालीलाई ‘नेपाल फर्क’ भन्ने अवस्था तत्काल नरहेको बताए । ‘विदेशमा रहेका नेपालीलाई ‘नेपाल फर्क’ भन्ने अवस्था तत्काल छैन ।  त्यो भावनात्मक र सस्तो लोकप्रियताको कुरा मात्रै हो,’ उनी भन्छन् ।

देशमा अनिवार्य जनशक्ति बाहेकलाई बाह्य व्यवस्थापन अहिलेको बाध्यता रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान