परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री एन्टोनीबीच भेटवार्ता

काठमाडौँ, १४ कार्तिक । अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केन र नेपालका परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ ।

वासिङ्टनमा भएको भेटमा दुवैले नेपाल–अमेरिकाबीच साझेदारीको सुदृढीकरणमा जोड दिएका छन् । भेटमा ५० करोड डलरको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट परियोजनाका विषयमा पनि छलफल भएको छ । पूर्वाधार निर्माण, बिजुलीमा पहुँच र विस्तार तथा सीमापार विद्युत् व्यापारलाई समर्थन गर्दै रहयोग गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी प्रतिबद्धता जनाएका छन् ।

भेटमा नेपालमा लगानी विस्तार, साना तथा मझौला उद्यमहरूलाई ऋण उपलब्ध गराउन नेपाली बैंकलाई १२ करोड ५० लाख अमेरिकी डलरको नयाँ ऋण दिनेलगायत विषयमा छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ साउन । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

काठमाडौँ, २ साउन । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत डीन आर थोमसनबीच शिष्टाचार भेटवार्ता भएको छ । आज

काठमाडौँ, २ साउन । प्रवासी नेपाली मञ्च कतारको सातौँ राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष