प्रधानमन्त्री प्रचण्ड मंसिरमा यूएई जाने

काठमाडौँ, १३ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी महिना खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (यूएई)को भ्रमणमा जाने भएका छन् ।

यूएईको दुबईमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघको फ्रेमवर्क कन्भेन्सन (कोप)का पक्षहरुको २८औँ सम्मेलनमा सहभागी हुन उनी यूएई जान लागेका हुन् । कोप–२८ आगामी मंसिर १४ देखि २६ गतेसम्म यूएईको दुबईमा हुँदै छ ।

सम्मेलनमा जलवायु परिवर्तनका प्रभाव कम गर्ने विषयमा छलफल हुनेछ । सम्मेलनमा जलवायु परिवर्तन र यसका असरका बारेमा छलफल गर्न विश्वभरका विज्ञहरु र सरोकारवालाहरु सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

वासिंटन, ३१ असार । अमेरिकी राष्ट्रपति जो बाइडेनले राजनीतिक तापक्रम घटाउन अमेरिकीहरूलाई आग्रह गरेका छन् । ओभल अफिसबाट राष्ट्रका नाममा आइतबार

पेन्सिलभानिया, ३० असार । एफबीआईले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली चलाउने व्यक्ति बेथेल पार्क पेन्सिलभानियाका २० वर्षीय थोमस म्याथ्यु क्रुक्स भएको

एजेन्सी, ३० असार । इजरायली सेनाले गाजाको एउटा मानवीय क्षेत्रमा हवाई आक्रमण गर्दा कम्तीमा ९० जनाको ज्यान गएको छ । अरू

पेन्सिलभानिया, ३० असार । अमेरिकी राष्ट्रपति पदका उमेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी एक चुनावी र्‍यालीमा शनिबार (नेपाली समयअनुसार आइतबार