नेप्सेमा सामान्य वृद्धि

काठमाडौँ, १३ कार्तिक । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको वृद्धि भएको छ ।

१८ सय ७६ अंकबाट कारोबार समयदेखि नै घट्न थालेर १८ सय ५७ अंकसम्म आइपुगेको थियो । तर, कारोबार बन्द हुन बाँकी ४५ मिनेटको समयदेखि भने सुधार हुँदै ३.०४ अंकले बढेर बन्द भएको हो । ०.१६ प्रतिशतले सूचक बढ्दा १२८ कम्पनीको सेयर मूल्य समेत बढेको छ । यस्तै, ९७ कम्पनीको मूल्य घट्दा १४ कम्पनीको मूल्य भने स्थिर छ । यसक्रममा आज ६९ करोड ४२ लाख रुपैयाँ बरारबको २८ लाख २४ हजार कित्ता सेयर किनबेच भएको छ ।

परिसूचकमा सामान्य वृद्धि आएको दिन पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्यमा ७.८२ प्रतिशतले वृद्धि आएको छ । यसपछि मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ५.८९ प्रतिशतले बढेको छ । कारोबारमा आएको दोस्रो दिनमा पनि सोनापुर मिनरल्स एण्ड ओयर लिमिटेडको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । स्रोतका

काठमाडौँ, २ साउन । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत डीन आर थोमसनबीच शिष्टाचार भेटवार्ता भएको छ । आज

काठमाडौँ, २ साउन । गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका