मर्यादाक्रमसम्बन्धी विधेयक समितिबाट पारित

काठमाडौँ, १३ कार्तिक । राष्ट्रियसभाको विधायन समितिले राष्ट्रिय मर्यादाक्रमसम्बन्धी विधेयक संशोधनसहित पारित गरेको छ ।

प्रधानन्यायाधीशलाई मर्यादा क्रमको पाँचौँ नम्बरमा राखिएको विधेयक समितिबाट चार नम्बरमा सार्ने संशोधनसहित पारित भएको हो । समितिले संशोधनसहित तयार पारेका प्रतिवेदन राष्ट्रियसभाको मंगलबारको बैठकमा पेस गर्ने निर्णय गरेको छ ।

यसअघि, सभामुखलाई चौथो नम्बरमा राखेर प्रधानन्यायाधीशलाई पाँचौँ वरीयतामा राख्न विधेयकमा प्रस्ताव गरिएको थियो । उक्त विधेयक राष्ट्रियसभाका सदस्यहरुले ०७९ चैत ५ मा गैरसरकारी विधेयकका रुपमा ल्याएका हुन् । विधेयक राष्ट्रियसभाका सदस्यहरु गोपी आछामी, तुल विक, देवेन्द्र दाहाल, प्रकाश पन्थ प्रमिला कुमारी, वेदुराम भुसाल, रमेशजंग रायमाझी र शेखर सिंहले संयुक्त रुपमा लगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । स्रोतका

काठमाडौँ, २ साउन । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत डीन आर थोमसनबीच शिष्टाचार भेटवार्ता भएको छ । आज

काठमाडौँ, २ साउन । गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका