फरार थुनुवा पक्राउ

दाङ, १३ कार्तिक । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट भागेका थुनुवा पक्राउ परेका छन् ।

उपचारका क्रममा फरार भएका अन्दाजी १८ वर्षका विवेक नेपाली पुनः पक्राउ परेका हुन् । क्षयरोगको आशंकामा स्वास्थ्य जाँचका लागि प्रतिष्ठान लगिएका उनी सोमवार बिहान शौचालय जाने बहानामा झ्याल फोरेर भागेका थिए ।

लगत्तै उनलाई घोराही उपमहानगरपालिका–१८ को रझेनाबाट साढे ११ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनक मल्लले जानकारी दिए । उनी तीन दिनअघि मोबाइल चोरीको आरोपमा पक्राउ परेका थिए र जिल्ला प्रहरी कार्यालयको हिरासतमा थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान

काठमाडौँ, २ साउन । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

काठमाडौँ, २ साउन । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत डीन आर थोमसनबीच शिष्टाचार भेटवार्ता भएको छ । आज