राष्ट्र बैंकले २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने

काठमाडौँ, १३ कार्तिक । नेपाल राष्ट्र बैंकले आज सोमबार २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ ।

बैंकले कात्तिक १४ गते जारी गर्नेगरी २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिनेगरी चार किसिममा कूल २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।

तथापि, केन्द्रीय बैंकले नयाँ नभएर पुरानै ट्रेजरीको नवीकरण गर्ने भएको हो । २८ दिने ट्रेजरीका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब १० करोड रुपैयाँ, १८२ दिनका लागि १३ अर्ब रुपैयाँ र ३६४ दिनका लागि १ अर्ब ५६ करोड रुपैयाँ बराबरको ट्रेजरी नवीकरण गरिने केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । भारतीय गायक अरिजित सिंहले नेपाली झन्डा ओढेर नेपालमा गीत गाएको सन्दर्भलाई लिएर राजेशपायल राईले प्रतिक्रिया दिएका छन्

काठमाडौँ, ११ मंसिर । सोमबारदेखि छायांकन सुरु भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका

काठमाडौँ, ११ मंसिर । विनोद पौडेलको निर्देशन रहने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन्

नयाँ दिल्ली, १० मंसिर । हिन्दी सिनेमाका सुपरस्टार अभिताभ बच्चनले जुहुस्थित बंगला ‘प्रतीक्षा’ आफ्नी छोरी श्वेता नन्दाको नाममा गरिदिएका छन्