असोजमा ५६ हजार युवा बिदेसिए

काठमाडौँ, १३ कार्तिक । दसैँकै मुखमा असोजमा मात्रै करिब ५६ हजार युवा घर छाडेर बिदेसिएका छन् । स्वदेशमा रोजगारीको अवसर नहुँदा नेपाली युवाहरू धमाधम विदेश जाने क्रम रोकिएको छैन ।

मुलुकमा बेरोजगारी बढ्दै गएपछि वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ सुरु भएयता असोज महिनामा मात्रै ५६ हजार दुई सय ३५ जना युवाहरू रोजगारीकै खोजीमा विदेश गएका हुन् । जसमध्ये ४९ हजार तीन सय ९८ जना पुरुष र ६ हजार आठ सय ३७ जना महिला कामको खोजीमा बिदेसिएका छन् ।

साउन महिनामा पनि सोही हाराहारीमा बिदेसिएका थिए । वैदेशिक रोजगारीमा बिदेसिने युवाको सङ्ख्या गत वर्षहरू भन्दा उच्च रहेको जानकारी विभागका सूचना अधिकारी कविराज उप्रेतीले दिए । भदौमा ५० हजार आठ सय ८४ जना युवा बिदेसिएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले पार्टी नेतृत्व तेस्रो पुस्तालाई हस्तान्तरण गर्ने

काठमाडौँ, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप

काठमाडौँ, २८ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठकको समय परिवर्तन भएको छ ।  यसअघिको समय परिवर्तन

काठमाडौँ, २८ माघ । नेकपा माओवादी केन्द्रले तीन जना प्रदेशस्तरीय नेतालाई पदमुक्त गरेको छ । गण्डकी प्रदेशमा कार्यरत गुप्त हमाल