राष्ट्रसंघका महासचिवसँग ओलीले भने : शान्ति प्रक्रिया टुंग्याउन प्रधानमन्त्रीकै कारण असहज भयो

काठमाडौँ, १२ कार्तिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीकै कारण शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन ढिलाइ भएको बताएका छन् ।

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र एमाले अध्यक्ष ओलीबीच आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा भेटवार्ता भएको थियो । भेटमा महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण नेपालले भोगेको पीडा नजिकबाट हेर्ने र यसलाई एझेण्डा बनाएर अघि बढ्ने आफ्नो चाहना रहेको बताए । साथै उनले शान्ति प्रक्रिया छिटो भन्दा छिटो टुंगियोस् भन्ने आफूले चाहेको सुनाएका थिए ।

एमाले अध्यक्ष ओलीले भने संक्रमणकालीन न्याय भनेको संक्रमणकालीन अन्याय हुन नहुने बताए । पीडितहरुलाई ध्यानमा राखेर छिट्टोभन्दा छिटो टुंग्याउनुपर्ने भन्दै ओलीले गम्भीर अपराधमा आममाफी नहुने र अन्तर्राष्ट्रिय प्रतिवद्धताहरु र सर्वोच्च अदालतको फैसलालाई ध्यानमा राखेर शान्ति प्रक्रिया छिटोभन्दा छिटो टुंगियोस् भन्ने एमालेको चाहना रहेको ओलीले बताएका छन् ।

उनले भने, ‘तर प्रधानमन्त्रीज्यू, जो हिजो बिद्रोही नेता हुनुहुन्थ्यो, उहाँले नै यो सबै विषय टुंग्याउन भूमिका खेल्नुपर्नेमा हिंसालाई बढवा दिने खालको महिमा मण्डन गर्ने उहाँको क्रियाकलापले असहज जस्तो भएको छ । खास गरेर युद्ध सुरु भएको दिनलाई दिवसको रुपमा सेलिब्रेसन गर्ने जस्ता कामले यसले पीडितहरु चिन्तामा छन् । यसमा प्रतिपक्षको हैसियतमा हाम्रो सहयोग रहन्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

देश भरिकै एमाले राजनीतिमा एउटा यस्तो बेला थियो बामदेव बर्दिया र एमाले भनेपछि त्यहाँ अर्को अप्सन थिएन । बामदेवको छत्रछायामा

काठमाडौँ, ३० असार । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ । स्रोतका अनुसार

काठमाडौँ, ३० असार । शिक्षामन्त्री सुमना श्रेष्ठले देश बनाउने महत्त्वपूर्ण भूमिका शिक्षा मन्त्रालयको रहेको बताएकी छन् । आज मन्त्रालयमा आयोजित

काठमाडौँ, ३० असार । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले केपी ओली नेतृत्वको सरकारमा पार्टीले सहभागिता जनाउँदा आफ्नो पक्षबाट ४ जना