२ सय ५० किलाे गाँजासहित २ जना पक्राउ

सर्लाही, १२ कार्तिक । सर्लाहीको कविलासी नगरपालिका–९ भलुवाहाबाट दुई सय ५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।

कविलासी नगरपालिका–१० का २८ वर्षीय ट्र्याक्टर चालक भाग्यनारायण महतो र २४ वर्षीय रवीन्द्र रायलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रवीण धितालले जानकारी दिनुभयो ।

गए राति ज १ त ५५५१ नम्बरको ट्र्याक्टरमा गाँजा राखेर भारततर्फ लैजाँदै गर्दा इलाका प्रहरी कार्यालय हरिपुरको गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेकाे हाे । बरामद भएको गाँजाको मूल्य ३० लाख रुपैयाँभन्दा बढी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान

काठमाडौँ, २ साउन । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

काठमाडौँ, २ साउन । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत डीन आर थोमसनबीच शिष्टाचार भेटवार्ता भएको छ । आज