महेश बस्नेतको योजना सफल हुँदै: कोटेश्वर–जडीबुटीमा ‘अन्डरपास’ र ‘फ्लाइओभर’ बन्ने

काठमाडौँ, १२ कार्तिक । नेकपा एमालेको पोलितव्युरो सदस्य, पूर्वसांसद तथा पूर्वमन्त्री महेश बस्नेतको योजना कोटेश्वर–जडिवुटी खण्डमा फ्लाई ओभर र अण्डरपास बनाउने योजना सफल हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा बस्नेतकै मन्त्री तथा सांसद भएको समयमा उक्त कार्यको प्रकृया अगाडी बढाइएको थियो । कोटेश्वर जडिबुटी सडक खण्डको जामलाइ हटाउने उहाँकै नेतृत्वमा मनोहरा कोरिडोर, बोलिविव्रजसमेंत निर्माण गरिएको थियो भने हनुमन्ते करिडोर निर्माण गरी अरनिको राजमार्गको बैकल्पिक सडकको रुपमा सञ्चालन गर्ने योजना बनाएता पनि उक्त करिडोर कांग्रेसको अवरोधका कारण निर्माण सम्पन्न हुन सकेको छैन ।

कोटेश्वर–जडीबुटी सडकखण्डमा भेहिकल अन्डरपास र फ्लाइओभर निर्माण गर्न अध्ययन प्रतिवेदन बुझाइएको छ । सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर राधिका प्रजापतिले कोटेश्वर–जडीबुटी सडकखण्डमा अन्डरपास र फ्लाइओभर निर्माण हुने बताउँदै त्यसका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले अध्ययन गरेर सोको प्रतिवेदन सडक विभागलाई बुझाएको जानकारी दिइन् ।

कोटेश्वर र जडीबुटी क्षेत्रको ट्राफिक जाम समस्या समाधान उपायसहितको अध्ययन गर्न सरकारले जाइकालाई जिम्मेवारी दिएको थियो । भेहिकल अन्डरपास र फ्लाइओभर निर्माणसँगै काठमाडौँको ट्राफिक व्यवस्थापनको टाउको दुखाइका रूपमा रहेको सो ठाउँको समस्या स्थायी रूपमा समाधान हुने विश्वास गरिएको छ । अहिले कोटेश्वर र जडीबुटी क्षेत्रमा कार्यालय समयअघि र पछि घन्टौँ ट्राफिक जाम हुने अवस्था छ । उनका अनुसार अन्डरपास र फ्लाइओभर निर्माण गर्न ऋण सम्झौताका लागि प्रक्रिया अगाडि बढाइएको छ ।

यसका लागि करिब २५ अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको छ । उनले भनिन्, “अध्ययन प्रतिवेदन अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण भागमुनि अन्डरपास र जडीबुटीदेखि कोटेश्वर चोक क्षेत्रमा फ्लाइओभर निर्माण हुने छ ।” अध्ययन अनुसार अन्डरपासले विमानस्थलको धावनमार्गतर्फको भाग छुने छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको जग्गामा अन्डरपास निर्माण तयार भए पनि केही सर्त राखेको महाशाखाको भनाइ छ ।

अध्ययन अनुसार अन्डरपास र फ्लाइओभर निर्माणपछि चक्रपथ–कोटेश्वर चोक हुँदै ललितपुर जाने र भक्तपुरबाट कोटेश्वर हुँदै तीनकुनेतर्फ जाने सवारीसाधनलाई अवरोध नहुने भएकाले सो क्षेत्रमा जाम नहुने विश्वास गरिएको सिडिई प्रजापतिले बताइन् । सरकारले आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रममै कोटेश्वर–जडीबुटी क्षेत्रको जाम हटाउनेबारे ठोस परियोजना अगाडि बढाउने घोषणा गरे पनि अहिलेसम्म त्यसले मूर्त रूप लिन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० मंसिर । गायिका टेलर स्वीफ्ट संसारकै पाँचौं शक्तिशाली महिला घोषित भएकी छन् । फोर्ब्स म्यागजिनले बुधबार सार्वजनिक गरेको

काठमाडौँ, १९ मंसिर । अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’को फस्टलुक सार्वजनिक गरिएको छ । प्रदर्शन मिति तय

काठमाडौँ, १९ मंसिर । रणवीर कपुर अभिनित फिल्म ‘एनिमल’ प्रदर्शनको सुरुवातको दिन देखिनै राम्रो आम्दानी गर्न सफल देखिन्छ । गत

काठमाडौँ, १९ मंसिर । बालबालिकालाई चलचित्र ‘एनिमल’ देखाएको काठमाडौँको नयाँ बानेश्वरस्थित चलचित्र हल ‘वन सिनेमाज’लाई चलचित्र विकास बोर्डले कारबाहीको लागि