दलहरुप्रतिको विश्वास घटेको छैन : सभापति देउवा   

काठमाडौँ, ११ कार्तिक । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरुप्रतिको आलोचनालाई सकारात्मकरुपमा लिएको बताएका छन् ।

बडादशैं, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आादनप्रदान कार्यक्रममा सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले भने, ‘दलहरुप्रति आएको आलोचना र टिप्पणीलाई मैले सकारात्मक लिएको छु ।’

राजनीतिक दलहरुले आफूलाई जनताका बीचमा लोकप्रियता हासिल गर्न राम्रोसँग काम गर्नुपर्ने भन्दै उनले राजनीतिक दलप्रति जनताको आशा र भरोसा उत्तिकै कायम रहेको दाबी गरे । सभापति देउवाले भने, ‘राजनीतिक दल र राज्यका संस्थाप्रति विश्वास घटेको छैन ।’ कांग्रेस पार्टीभित्र बेमेल भइरहेको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले त्यसमा सत्यता नरहेको बताए । ‘दलभित्रको फरक मत हुन सक्लान्, यसलाई हामीले व्यवस्थापन गरिरहेका छौँ ।’

राजनीतिक दलहरुले आफूलाई जनताका बीचमा लोकप्रियता हासिल गर्न राम्रोसँग काम गर्नुपर्ने भन्दै उनले राजनीतिक दलप्रति जनताको आशा र भरोसा उत्तिकै कायम रहेको दाबी गरे । सभापति देउवाले भने, ‘राजनीतिक दल र राज्यका संस्थाप्रति विश्वास घटेको छैन ।’ कांग्रेस पार्टीभित्र बेमेल भइरहेको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले त्यसमा सत्यता नरहेको बताए । ‘दलभित्रको फरक मत हुन सक्लान्, यसलाई हामीले व्यवस्थापन गरिरहेका छौँ ।’ रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २० मंसिर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमण गर्ने क्रेमलिनले

मस्को, १९ मंसिर । रुसले मङ्गलबार ३५ वटा युक्रेनी ड्रोनहरू क्राइमियन प्रायद्वीप र अजोभ सागरमा निष्क्रिय बनाएको जनाएको छ । 

लन्डन, १९ मंसिर । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदमहरू चालिएको घोषण गरेका छन् । प्रधानमन्त्री

एजेन्सी, १९ मंसिर । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको भ्रष्टाचारको मुद्दामा फेरि सुनुवाइ शुरु भएको छ । गाजापट्टीमा हमाससँगको युद्धका बावजुद