पूर्वमन्त्री बस्नेतको हातबाट टीका र आर्शिवाद लिनेको घुँइचो (फोटोफिचर)

भक्तपुर, १० कार्तिक । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतको हातबाट टीका र आर्शिवाद लिनेको घुँइचो लागेको छ ।

सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु स्थित आफ्नै निजी निवासमा नेपालीहरुको महान पर्व विजयादशमीको आज चौंथो दिने पनि उहाँबाट टीका र आर्शिवाद लिनेको लाईन लागेको थियो । सयौंको संख्यामा आफ्ना कार्यकर्ताहरु टीका लगाउन विहानदेखी दिउँसोसम्म निरन्तर लाईनमा बसेका थिए । एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, नेपाल भुतपूर्व सैनिक तथा प्रहरी संगठन, अखिल नेपाल महिला संघ, प्रेस चौतारी नेपाल, स्थानीय पार्टी कमिटीलगायतका सयौं शुभचिन्तकहरुले नेता बस्नेतको हातबाट टीका ग्रहण गरेका छन् ।

राष्ट्रिय युवा संघ केन्द्रीय कमिटीका सचिव जय गुरुङ, केन्द्रीय कमिटीका सदस्यहरु तथा वडा नं. ८ का वडाध्यक्ष पुष्प बस्नेत, डिल्ली लिङ्देन, सुजित बस्नेतलगायतका केन्द्रीय नेताहरु, जिल्ला अध्यक्ष रविन थापा लगायतको जिल्ला कमिटी, भुपु सैनिक तथा प्रहरी संगठनका जिल्ला अध्यक्ष रञ्जन खड्का लगायत जिल्ला कमिटी, स्थानीय कमिटीका नेता तथा कार्यकर्ताहरुको सयौंको संख्यामा उपस्थिती रहेको थियो ।

टीका तथा अािर्शवाद कार्यक्रम समापन पछि नेता बस्नेतले आगामी मंसिर ४ गते काठमाडौँको माइतिघरमा अराजकता, भ्रष्टाचार, कुशासन, अनियमितताको विरुद्धमा हुने वृहत विरोध कार्यक्रममा व्यापक तयारी गर्न निर्देशन समेत दिनुभयो । युवा संघको नेतृत्वमा मंसिर ४ गते सरकार र सरकारद्वारा संरक्षित अराजक, भ्रष्टाचारको विरुद्ध विशाल प्रदर्शन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

देश भरिकै एमाले राजनीतिमा एउटा यस्तो बेला थियो बामदेव बर्दिया र एमाले भनेपछि त्यहाँ अर्को अप्सन थिएन । बामदेवको छत्रछायामा

काठमाडौँ, ३० असार । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ । स्रोतका अनुसार

काठमाडौँ, ३० असार । शिक्षामन्त्री सुमना श्रेष्ठले देश बनाउने महत्त्वपूर्ण भूमिका शिक्षा मन्त्रालयको रहेको बताएकी छन् । आज मन्त्रालयमा आयोजित

काठमाडौँ, ३० असार । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले केपी ओली नेतृत्वको सरकारमा पार्टीले सहभागिता जनाउँदा आफ्नो पक्षबाट ४ जना