जुवातास खेल्ने १९ जना नगदसहित पक्राउ

काठमाडौँ, १० कार्तिक । ललितपुर र मकवानपुरबाट जुवातास खेलिरहेका १९ जना पक्राउ परेका छन् ।

ललितपुरको गोदावरी नगरपालिका-५ लेले बस्ने नविन सिलवालको घरमा जुवा ९कौडा० खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय सुरेन्द्र महत समेत १० जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७ लाख ९९ हजार रुपैयाँ, १६ थान कौडा, ९ बुक तास र १० थान मोबाइलसहित पक्राउ गरेको हो ।

त्यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिका-७ देवीबन टोल बस्ने गोकुल नाथ पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-८ बस्ने ४० वर्षीय अजय खड्का समेत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ६५ हजार ३ सय ९० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । भारतीय गायक अरिजित सिंहले नेपाली झन्डा ओढेर नेपालमा गीत गाएको सन्दर्भलाई लिएर राजेशपायल राईले प्रतिक्रिया दिएका छन्

काठमाडौँ, ११ मंसिर । सोमबारदेखि छायांकन सुरु भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका

काठमाडौँ, ११ मंसिर । विनोद पौडेलको निर्देशन रहने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन्

नयाँ दिल्ली, १० मंसिर । हिन्दी सिनेमाका सुपरस्टार अभिताभ बच्चनले जुहुस्थित बंगला ‘प्रतीक्षा’ आफ्नी छोरी श्वेता नन्दाको नाममा गरिदिएका छन्