ग्याङ फाइट हुँदा दैलेखमा एक जनाको मृत्यु

सुर्खेत, १० कार्तिक । युवाहरुबीच ग्याङ फाइट हुँदा दैलेखमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्री रहेका छन्।

उनको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । मृत्यु भएका किशोर ससुराली गएका थिए । दैलेख प्रहरीका अनुसार गएराति भैरबी गाउँपालिका–४ मा रहेको सिलङ्गी बजारमा दुई समुहबीच भएको सामान्य विवादमा झडप भएको थियो । मोटरसाइकलमा आएका केही युवाहरुले गाली गलौज गर्दै, अपशब्द बोल्ने गरेका थिए । मान्छेहरुलाई सुन्न नसकिने अपशब्दका गाली गलौज किन गरेको भनी स्थानीयले सम्झाउन खोज्दा झडपको स्थिति आएको प्रहरी जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक कमल आचार्यले जानकारी दिए ।

झडपका घाइते भएका भैरबी गाउँपालिका–५ सैनचौरका २१ वर्षीय सुमन शाही दुल्लू अस्पतालमा  सामान्य उपचार गरी डिस्चार्ज भइसकेका छन् । प्रहरीले घटनास्थलबाट बा ३३ प ७९५९ नम्बरको १५० सीसीको निलो रङ्गको पल्सर मोटरसाइल उठाई सिलङ्गी प्रहरी चौकीमा राखेको छ ।  घटनाको अनुसन्धान र आरोपितहरुको खोजी भइरहेको आचार्यले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असार । नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले स्थिर सरकार, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न

काठमाडौँ, २८ असार । गृहमन्त्रालयले रात्रिकाली बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको छ । मन्त्रालयको प्रस्तावबारे यातायात व्यवसायीका प्रतिनिधिहरूसँग गृहमन्त्रालयमा

काठमाडौँ, २८ असार । प्रधानमन्त्री प्रचण्डले नारायणगढ मुग्लिङ सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जनभन्दा बढ़ी यात्रु बेपत्ता एवं

काठमाडौँ, २८ असार ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा डेढ वर्षमै पाँचौँ पटक विश्वासको मत लिने भएका छन्