सर्‍यो एमालेको चियापान कार्यक्रम

काठमाडौँ, १० कार्तिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणका कारण प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पूर्वनिर्धारित चियापान सारेको छ । यसअघि कात्तिक १४ गते चियापान गर्ने भनिएकामा भोलिपल्ट अर्थात् कात्तिक १५ गते गर्ने एमालेले जानकारी दिएको छ । चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो ठीक १२ः१५ बजेबाट सुरू हुने बताइएको छ।

‘नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट दसैं, तिहार, छठ लगायत पर्वहरूको अवसरमा यही कात्तिक १४ गतेका लागि तय गरिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम कात्तिक १५ गते गरिने भएको छ,’ एमालेले जारी गरेको सूचनामा भनिएको छ, ‘संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै १५ गते आयोजना गर्ने निर्णय भएको छ ।’

चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, क्रियाशील राजनीतिक दलका प्रमुख, नेताहरू, राजदूत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीहरू लगायतलाई आमन्त्रण गरिएको एमालेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

देश भरिकै एमाले राजनीतिमा एउटा यस्तो बेला थियो बामदेव बर्दिया र एमाले भनेपछि त्यहाँ अर्को अप्सन थिएन । बामदेवको छत्रछायामा

काठमाडौँ, ३० असार । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ । स्रोतका अनुसार

काठमाडौँ, ३० असार । शिक्षामन्त्री सुमना श्रेष्ठले देश बनाउने महत्त्वपूर्ण भूमिका शिक्षा मन्त्रालयको रहेको बताएकी छन् । आज मन्त्रालयमा आयोजित

काठमाडौँ, ३० असार । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले केपी ओली नेतृत्वको सरकारमा पार्टीले सहभागिता जनाउँदा आफ्नो पक्षबाट ४ जना