लागुऔषधसहित ६ जना पक्राउ

कैलाली, ९ कार्तिक । अवैध लागुऔषधसहित ६ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले खैरो हेरोइनसहित तीन जना, ब्राउन सुगरसहित दुई जना र ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जनालाई विभिन्न स्थानबाट पक्राउ परेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-१२ जुगेडा बस्ने २८ वर्षीय राकेश भट्ट, सोही उपमहानगरपालिका-७ मनेहरा बस्ने ३४ वर्षीय अमिर खाती र २३ वर्षीय नरेश थापा ३९० मिलिग्राम खैरो हेरोइनसहित बुधबार राति पक्राउ परेका हुन् । अस्थायी प्रहरी पोस्ट जुगेडाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-९ बङग्राकटानबाट ७२० मिलिग्राम ब्राउन सुगरसहित धनगढी उपमहानगरपालिका-७ मनेहरा बस्ने २१ वर्षीय नरेश राना र सोही उपमहानगरपालिका-१७ पथरिया बस्ने १९ वर्षीय हितेश रानालाई बुधबार साँझ पक्राउ गरिएको छ । त्यस्तै मोरङ, केराबारी गाउँपालिका-८ आमजुगी बस्ने २२ वर्षीय मिलन बिकलाई ३०० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । भारतीय गायक अरिजित सिंहले नेपाली झन्डा ओढेर नेपालमा गीत गाएको सन्दर्भलाई लिएर राजेशपायल राईले प्रतिक्रिया दिएका छन्

काठमाडौँ, ११ मंसिर । सोमबारदेखि छायांकन सुरु भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका

काठमाडौँ, ११ मंसिर । विनोद पौडेलको निर्देशन रहने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन्

नयाँ दिल्ली, १० मंसिर । हिन्दी सिनेमाका सुपरस्टार अभिताभ बच्चनले जुहुस्थित बंगला ‘प्रतीक्षा’ आफ्नी छोरी श्वेता नन्दाको नाममा गरिदिएका छन्